emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“सामाजिक सुरक्षा भत्ता सबैलाई होइन, लक्षित गरिबलाई मात्र दिनुपर्छ: सुडी”

source e-Madhesh २०८२ भाद्र ४ गते , बुधबार
3
Shares
37
Views
“सामाजिक सुरक्षा भत्ता सबैलाई होइन, लक्षित गरिबलाई मात्र दिनुपर्छ: सुडी”

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ साउन ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता गरिबीको रेखामुनि रहेका व्यक्तिलाई मात्र उपलब्ध गराउनुपर्ने बताएका छन्। बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले हाल वितरण भइरहेको तरिका नेपालको आर्थिक क्षमताले धान्न नसक्ने बताए।
“नेपालमा करिब २० प्रतिशत मानिस गरिबीको रेखामुनि छन्। सामाजिक सुरक्षा भत्ता पहिलो प्राथमिकतामा उनीहरूलाई दिनुपर्छ। विनोद चौधरीका आमाबुबालाई किन भत्ता चाहियो? मेरो आमा–बुबा वा श्रीमतीलाई किन चाहियो?” मन्त्री सुडीले प्रश्न गरे।
उनले भत्ता रकम कटौती गर्नु हुँदैन भन्दै बरु वृद्धि गर्न सकिने तर लक्षित वर्गलाई मात्र दिनुपर्नेमा जोड दिए। “४ हजार दिइन्छ भने ६ हजार दिनुस्, तर त्यो २० प्रतिशत गरिबलाई मात्र दिनुपर्छ,” उनले स्पष्ट पारे।
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति र बाल पोषण भत्ता लगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव