emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेताहरू रिहा, आन्दोलन निरन्तर रहने

source e-Madhesh २०८२ भाद्र ४ गते , बुधबार
2
Shares
30
Views
जसपा नेताहरू रिहा, आन्दोलन निरन्तर रहने

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ भाद्र ।
 काठमाडौंको बबरमहलमा मंगलबार साँझ आयोजित मशाल जुलुसका क्रममा पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई मध्यराति रिहा गरिएको छ। नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएका १८ जना नेता–कार्यकर्तालाई बिना शर्त छोडिएको जसपाले जनाएको छ।
राजनीतिक प्रतिशोधस्वरूप अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा तान्ने प्रयास भइरहेको भन्दै जसपाले विरोधस्वरूप काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको थियो। सो क्रममा जसपाका प्रवक्ता तथा मधेश प्रदेश सांसद मनिषकुमार सुमन, प्रदेश सांसद किरण साह, लुम्बिनी प्रदेश सांसद अम्बिका दाहाल, केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँ, दिनेश यादव, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता मनिष यादव, बलिराम कापरलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रिहा भएपनि जसपाले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। “सरकारले आफ्नो रवैया परिवर्तन नगरेसम्म आन्दोलन जारी रहनेछ,” जसपाका नेताहरूले चेतावनी दिए।
सर्वोच्च अदालतले गौर घटनाको छानबिन गर्न परमादेश जारी गरेपछि जसपा आक्रोशित बनेको छ र पार्टीले निरन्तर प्रदर्शनलाई अघि बढाइरहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव