emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपेन्द्र यादवविरुद्ध सरकारले षड्यन्त्र गरेको जसपाको आरोप

source e-Madhesh २०८२ भाद्र ३ गते , मंगलबार
0
Shares
31
Views
उपेन्द्र यादवविरुद्ध सरकारले षड्यन्त्र गरेको जसपाको आरोप

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ साउन ।
 सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी (जसपा), नेपाल आन्दोलित बनेको छ। जसपाका नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमार्फत षड्यन्त्रपूर्वक अध्यक्ष उपेन्द्र यादवमाथि आरोप लगाउने प्रयास गरेको भन्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन्।
समाजवादी विद्यार्थी युनियन, नेपालको आयोजनामा मंगलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। सहभागीहरूले सरकारको कदमलाई राजनैतिक प्रतिशोधको हिस्सा ठहर गर्दै “उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र बन्द गर” भन्ने नारासहित प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारद्वारा ल्याइएको भूमि विधेयकमा जसपा, नेपालले असहमति जनाएपछि नै उपेन्द्र यादवमाथि मुद्दा तानेर दबाब सिर्जना गर्न खोजिएको आरोप लगाए। गौर हत्याकाण्डमा तत्कालीन माओवादी नेता प्रभू साहको संलग्नता रहेको दाबी गर्दै उनीहरूले दोषीलाई बचाएर यादवलाई मात्र निशाना बनाउने प्रयास भइरहेको बताएका छन्।
गौर हत्याकाण्ड २०६३ साल चैत ७ गते भएको हो। सो दिन गौरस्थित राइस मिल क्षेत्रमा तत्कालीन मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव नेतृत्वमा) र तत्कालीन नेकपा माओवादीले एउटै स्थानमा छुट्टाछुट्टै सभा गर्न लाग्दा झडप भएको थियो। उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो।
जसपाका नेताहरूले यस घटनालाई फेरि राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न खोजिएको भन्दै चेतावनी दिएका छन्। उनीहरूले उपेन्द्र यादवविरुद्ध गरिने कुनै पनि षड्यन्त्रलाई पार्टीले कठोर प्रतिवाद गर्ने घोषणा गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव