emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

ओली सरकार कामचलाउ, राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुपर्छ:अधिवक्ता न्यौपाने

source e-Madhesh २०८२ भाद्र ३ गते , मंगलबार
0
Shares
31
Views
ओली सरकार कामचलाउ, राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुपर्छ:अधिवक्ता न्यौपाने

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ भाद्र ।
 अधिवक्ता यज्ञमणी न्यौपानेले वर्तमान ओली सरकारको वैधानिकता समाप्त भइसकेको भन्दै अब राष्ट्रपतिले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा उनले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गैरसंवैधानिक भएको जिकिर गरे।
उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले गत असार ३१ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ओली सरकारले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे पनि त्यसो नगरेको बताए। “समर्थन फिर्ता लिएपछि सरकार स्वतः कामचलाउ बनेको हो, त्यसैले उपसभामुखलाई महाअभियोग लगाउने वा पदच्युत गर्ने अधिकार सरकारसँग छैन,” न्यौपानेले भने।
न्यौपानेले जनताको पक्षमा काम गर्ने सट्टा भ्रष्टाचार र कुशासनलाई प्रोत्साहन दिने सरकार उपसभामुखविरुद्ध कारबाही गर्न खोज्नु संविधानको धारा ९१ को उल्लंघन भएको बताए। उनका अनुसार नयाँ सरकार बनेपछि मात्रै संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्न सकिने हो।
“वर्तमान सरकारले संविधानलाई बेवास्ता गरेको देखिन्छ, यस्तो अवस्थामा राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्नुपर्छ,” उनले जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव