emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कानुनी राज्यमाथि प्रश्न ः ब्लु डायमन्ड सोसाइटीले सूचना नदिएपछि आयोगमा उजुरी

source e-Madhesh २०८२ भाद्र २ गते , सोमबार
0
Shares
20
Views
कानुनी राज्यमाथि प्रश्न ः ब्लु डायमन्ड सोसाइटीले सूचना नदिएपछि आयोगमा उजुरी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०२ भाद्र ।
 ब्लु डायमन्ड सोसाइटीले साधारण सभा, बोर्ड बैठकका निर्णय, लेखापरीक्षण प्रतिवेदन, कर्मचारी तथा सल्लाहकार नियुक्तिसम्बन्धी विवरणसमेत सार्वजनिक गर्न अस्वीकार गरेको आरोप लागेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ताहरूले पटक–पटक सूचना माग्दा पनि जवाफ नपाएपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय सूचना आयोगमा आधिकारिक उजुरी दर्ता गरेका छन्। उनीहरूले कानुनी प्रावधानअनुसार सूचना नदिएको कार्यले कानुनी राज्यमाथि नै चुनौती दिएको बताएका छन्।
सोसाइटीभित्र सदस्यता खुला नगर्ने, आपत्कालीन साधारण सभा र निष्पक्ष निर्वाचनको प्रतिबद्धता कार्यान्वयन नगर्ने, अडिट प्रतिवेदन र वित्तीय विवरण गोप्य राख्ने लगायतका अनियमितता भएको गुनासो गरिएको छ। पूर्वकर्मचारी तथा अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)ले अध्यक्ष उमिशा पाण्डे, कार्यकारी निर्देशक मनिषा ढकाल र पिंकी गुरुङलाई सम्बोधन गर्दै आवश्यक विवरण माग गरे पनि जवाफ नपाएपछि आयोगमा उजुरी दिएको बताइन्।
उनले सोसाइटी नेतृत्वमाथि आन्तरिक लोकतन्त्र कमजोर पार्ने, सदस्य संख्या कटौती गर्ने, सल्लाहकार पद स्वयम् सिर्जना गर्ने र रकम दुरुपयोग गर्ने आरोप लगाएकी छन्। यस्तै, सोसाइटीले ८ करोड रुपैयाँ हराएको समाचारबारे जवाफ दिनुको सट्टा मिडियामाथि कारबाही गर्ने प्रस्ताव अघि सारेको पनि अभियन्ताहरूले बताएका छन्।
अभियन्ताहरूका अनुसार, यो विवाद केवल प्रशासनिक विषय मात्र नभई संस्थागत पारदर्शिता, नैतिकता र समुदायको विश्वाससँग जोडिएको गम्भीर प्रश्न बनेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव