emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

दोरम्बा हत्याकाण्डमा दोषीलाई कारबाहीको माग ः पीडित परिवार र सरोकारवालाको आक्रोश

source e-Madhesh २०८२ भाद्र १ गते , आइतबार
0
Shares
22
Views
दोरम्बा हत्याकाण्डमा दोषीलाई कारबाहीको माग ः पीडित परिवार र सरोकारवालाको आक्रोश

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०१ भाद्र ।
दोरम्बा हत्याकाण्डलाई २३ वर्ष पुग्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारले दोषीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। शनिबार राजधानीमा अखिल नेपाल लेखक संघले आयोजना गरेको २३औं स्मृति दिवसमा पीडित परिवार, राजनीतिक दलका नेताहरु र सरोकारवालाले राज्यपक्षका दोषीलाई संरक्षण गर्दै माओवादी पक्षलाई मात्र अपराधीकरण गरिएको भन्दै रोष व्यक्त गरे।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य माईला लामाले राज्यले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन ढिलाइ गरेको भन्दै दोरम्बासहितका घटनामा अन्यायपूर्ण व्यवहार भएको बताए। उनले विद्रोही पक्षलाई दोषी ठहर्याएर सेनालाई उन्मुक्ति दिने प्रचलन अन्यायपूर्ण भएको भन्दै माओवादीबीच एकताको आवश्यकता रहेको जोड दिए।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सट्टा भाँडिएको उल्लेख गर्दै जनयुद्धमा संलग्न नेताहरुलाई जेल कोचिँदा, २१ जना निहत्था कार्यकर्ताको हत्या गर्ने मेजर राममणि पोखरेलसहितका जिम्मेवार सेनालाई बचाउनु ठूलो त्रुटि भएको टिप्पणी गरे।
नेकपाका युवा नेता शेरबहादुर विश्वकर्माले शान्ति वार्ताको बेला निहत्था माओवादीमाथि गोली प्रहार हुनु अक्षम्य अपराध भएको बताए। सहिद सानोराम तामाङका छोरा लशकुश तामाङले आफ्ना बुबासहित २१ जनाको निर्मम हत्या गर्ने दोषीहरुलाई पनि सजाय दिनुपर्ने माग दोहो¥याए।
२०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा सेनाले नियन्त्रणमा लिएका २१ जना माओवादी नेता तथा कार्यकर्तालाई डाँडाकटेरीमा लगेर गोली हानी हत्या गरेको थियो। सो घटनापछि माओवादीले तत्कालीन शान्ति वार्ता तोडेका थिए।
पीडित परिवारले अझैसम्म दोषीलाई कारबाही नगरेको भन्दै न्यायको अपेक्षा कायम राखेका छन्। आयोजकले कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव