emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्कीप्रति काठमाडौं शाखाको कडा आपत्ति

source e-Madhesh २०८२ श्रावण ३१ गते , शनिबार
0
Shares
30
Views
पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्कीप्रति काठमाडौं शाखाको कडा आपत्ति

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३१ साउन ।
 नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की दिइएको घटनाप्रति कडा आपत्ति जनाएको छ।
शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले पत्रकार बानियामाथि हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको भन्दै यसलाई अस्वीकार्य र आपराधिक गतिविधि ठहर गरेका छन्।
प्राप्त विवरणअनुसार पत्रकार बानियाले साउन २९ गते आर्थिकन्युज डटकममार्फत ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए। उक्त समाचारमा आर्थिक पारदर्शिता, नियुक्ति प्रक्रियामा देखिएका अनियमितता र जिम्मेवार निकायको मौनताबारे तथ्य प्रस्तुत गरिएको थियो।
तर समाचारप्रति असन्तुष्ट बनेका ट्रमा सेन्टरका केही कर्मचारीले पत्रकारमाथि गालीगलौज, अपशब्द प्रयोग, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ। यसलाई प्रेस आचारसंहिता २०७३ र मुलुकी फौजदारी संहिता २०७४ दुवैको उल्लंघन भएको महासंघले स्पष्ट पारेको छ।
सचिव बोहोराले विज्ञप्तिमा भनेका छन्, “पत्रकारमाथि भएको आपराधिक तथा अमानवीय आक्रमणको घोर भत्र्सना गर्दै सम्बन्धित सुरक्षा निकायले तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्छ।”
उनले स्वतन्त्र प्रेस, सत्य सूचनाको अधिकार र निर्भीक पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै यस्ता आक्रमणहरूले पत्रकारहरूमा त्रास, असुरक्षा र आत्म–सेंसरको वातावरण सिर्जना गर्ने चेतावनी दिएका छन्।
शाखाले पत्रकारको सुरक्षा सुनिश्चित गर्नु सरकार, न्यायिक निकाय, प्रहरी प्रशासन र नागरिक समाजको साझा दायित्व भएको स्मरण गराउँदै यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव