ई-मधेश न्युज
जनता समाजवादी पार्टी नेपालको नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न
लिलाकान्त यादव,
राजविराज, २८ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम आज राजविराजमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव रहनु भयो।
नवगठित जिल्ला कमिटीका पदाधिकारीहरूले पार्टीको नीति, जनताको हकहित र संगठन सुदृढीकरणका लागि प्रतिवद्ध रहँदै शपथ ग्रहण गरे। कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्वच्छता र जनताको विश्वास कायम राख्न संगठनले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा सम्बोधन गर्दै उहाँले भने, “कांग्रेस वा कम्युनिष्ट भनी सर्वहारा र निमुखा जनतालाई भोट दिन लगाउने तर स्वार्थमुखी व्यापार गर्ने प्रवृत्ति हाम्रो समाजमा अझै छ। यस्ता अवसरवादीहरू हाम्रो विचार बुझ्दैनन्। जसपा भने सधैं जनताको वास्तविक हितका लागि खडा हुन्छ।”