emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, अन्य घाइते

source e-Madhesh २०८२ श्रावण २६ गते , सोमबार
0
Shares
20
Views
सप्तरीमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, अन्य घाइते

लिलाकान्त यादव,
राजविराज, २६ साउन ।
 जिल्ला सप्तरीमा सोमबार दुई ठूला सवारी दुर्घटना भएका छन्, जसमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।
पहिलो दुर्घटना शम्भुनाथ नगरपालिका वडा नं. ८ पोखरिया स्थित सडक खण्डमा भएको थियो। पोखरियाबाट देवघाट तर्फ जाँदै गरेको प्रदेश नं. २–०१–००१ नम्बरको टेम्पु र विपरित दिशाबाट आइरहेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल ठोक्किएपछि चालक अजय कुमार चौधरीको मृत्यु भएको छ। टेम्पु चालक मणिलाल मण्डल र उनको श्रीमती आशा देवी मण्डल घाइते भएका छन् र दुबैको उपचार एडभान्स अस्पताल कल्याणपुरमा भइरहेको छ। घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
दोस्रो दुर्घटना बलानविहुल गाउँपालिका वडा नं. ६ शेहरा चौक स्थित हुलाकी सडकमा भएको थियो। बोदेबर्साईनबाट चन्ही तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भागेको छ। दुर्घटनामा गया प्रसाद यादव सामान्य चोटपटक लिए भने उनको भाउजु शान्ति कुमारी यादवको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। घटनामा संलग्न चालक प्रहरी नियन्त्रणमा छ र खोजतलास जारी छ।
दुबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव