ई-मधेश न्युज
राजविराज–सखडा–गोविन्दपुर सडक निर्माणको माग गर्दै पैदलयात्रा
आर.एन.मेहता,
राजविराज २६ साउन ।
राजविराज–सखडा–गोविन्दपुर सडक निर्माणको माग गर्दै सोमबार शान्तिपूर्ण पैदलयात्रा गरिएको छ। नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा निकालिएको यात्रामा सहभागीहरूले “सडक अविलम्ब निर्माण गर”, “सुशासन कायम गर”, “कुशासन बन्द गर” जस्ता नारा लगाएका थिए।
पूर्वमन्त्री यादवको नेतृत्वमा सखडाबाट सुरु भएको पैदलयात्रा विसनपुर चौकमा पुगेर समाप्त भएको थियो। लामो समयदेखि सडक जर्जर अवस्थामा रहेर पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको भन्दै दबाब सिर्जना गर्ने उद्देश्यले यात्रा गरिएको आयोजकहरूले बताएका छन्।
यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।