emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“राजनीतिक सहभागिता हाम्रो अधिकार” नारासहित इन्द्रेणी गाईजात्रा ¥याली आज ठमेलबाट सुरु

source e-Madhesh २०८२ श्रावण २५ गते , आइतबार
0
Shares
36
Views
“राजनीतिक सहभागिता हाम्रो अधिकार” नारासहित इन्द्रेणी गाईजात्रा ¥याली आज ठमेलबाट सुरु

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २५ साउन ।
 “राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा ¥याली सुरु हुँदैछ। आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सबै सदस्यलाई ¥यालीमा सहभागी हुन आह्वान गरेका छन्।
यस वर्षको उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरूको सहभागितामा आयोजना हुँदैछ।
ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको यो परम्परा काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट हरेक वर्ष प्रारम्भ हुने गर्छ। यस वर्ष, सरकारी वा संस्थागत सहयोगबिनै व्यक्तिगत तथा सामूहिक योगदानमा पर्व मनाइनेछ।
¥याली ठमेलबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुनेछ, जहाँ सांस्कृतिक तथा कलात्मक प्रस्तुति हुने र दिवङ्गत सदस्यहरूको सम्झनामा दियो बालिनेछ। पन्तका अनुसार, गाईजात्रा केवल शोकको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो।
मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका संस्थाले यो कार्यक्रम समुदायकै आर्थिक तथा श्रम योगदानमा सम्पन्न गर्न लागेका हुन्। आयोजकहरूले अब राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग मुखर रूपमा अघि सार्ने समय आएको बताएका छन्।
यस पटक ¥यालीमा देशका विभिन्न भागबाट आएका सहभागीहरूले सांस्कृतिक विविधता झल्काउने भेषभूषा, रंगीन झण्डा र ब्यानर बोकेर उपस्थित हुनेछन्। कार्यक्रममा समुदायको ऐतिहासिक संघर्ष, कानुनी उपलब्धि र आगामी अभियानबारे समेत चर्चा गरिनेछ, जसले सहभागीहरूको मनोबल अझ उच्च बनाउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव