emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सिरहाको लहानमा व्यापारीक भवनको उद्घाटन तथ हस्तान्तरण गर्दै कार्यवाहक प्रधानमन्त्री सिंह

source e-Madhesh २०८२ श्रावण २२ गते , बिहीबार
0
Shares
18
Views
सिरहाको लहानमा व्यापारीक भवनको उद्घाटन तथ हस्तान्तरण गर्दै कार्यवाहक प्रधानमन्त्री सिंह

लहान श्रावण २२/कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ६ र ७ मा निर्माण सम्पन्न भएका नवनिर्मित व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण आज विहिबार गरेकाे छ । एक विशेष समारोहका बीच आयोजित उक्त कार्यक्रममा मन्त्री सिंह प्रमुख अतिथिकाे रूपमा रहेकाे थियो भने लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडा, सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमकाे उद्घाटनपछि कार्यवाहक प्रधानमन्त्री सिंहले व्यापारीक भवन लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गरे। भवन हस्तान्तरणसँगै स्थानीयस्तरमा व्यापारिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको आयोजना सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीले गरेको थियो। समारोहको अध्यक्षता सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए।स्थानीय विकासमा सरकारी संरचनात्मक लगानीका माध्यमबाट नगरको समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको कुरा वडा अध्यक्ष रमेश गाैतमले जानकारी दिनुभएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव