emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लैङ्गिक विविधता मानसिक रोग होइनः सुनिल बाबु पन्त

source e-Madhesh २०८२ श्रावण २१ गते , बुधबार
0
Shares
16
Views
लैङ्गिक विविधता मानसिक रोग होइनः सुनिल बाबु पन्त

लिलाकान्त यादव
काठमाडौं, २१ साउन ।
 एशियाका पहिलो समलैंगिक सांसद सुनिल बाबु पन्तले ‘जेंडर डिस्फोरिया’ र ‘जेंडर इन्कन्ग्रुएन्स’लाई मानसिक रोगको सूचीबाट हटाउन विश्व स्वास्थ्य संगठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य संघ (DSM-5) लाई खुला पत्र लेखेका छन्।
पन्तका अनुसार यी परिभाषाहरू सुरुमा ट्रान्सजेन्डर समुदायलाई स्वास्थ्य सेवा र कानुनी पहिचान सुनिश्चित गर्न बनाइएका थिए, तर अहिले ती नै वर्गीकरणहरू लैङ्गिक विविधतालाई रोग ठहर्याउने पुरातन सोचलाई मजबुत बनाइरहेका छन्।
उनले समलैंगिकता मानसिक रोगको सूचीबाट हटिएको ऐतिहासिक उदाहरण दिँदै अब लैङ्गिक विविधता पनि रोग होइन भन्ने सोचको स्थापना गर्नुपर्ने बताएका छन्। पन्त भन्छन्, “नेपाल, एशिया, अफ्रिका र आदिवासी समुदायमा तेस्रोलिङ्गी वा नन–बाइनरी व्यक्तिहरूलाई कहिल्यै रोगी ठानिँदैन, बरु सामाजिक र आध्यात्मिक सम्मान दिइन्छ।”
पत्रमा पन्तले चार बुँदे माग अघि सारेका छन जसमा जेंडर डिस्फोरिया÷इन्कन्ग्रुएन्सलाई मानसिक रोगको सूचीबाट हटाउने, गैर–रोगकेन्द्रित सहयोग प्रणाली विकास गर्ने,  सांस्कृतिक र आदिवासी दृष्टिकोणलाई समेट्ने
र  स्वास्थ्यकर्मीलाई समावेशी तालिम दिने छन ।
यस्तै, लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले पनि लैङ्गिक विविधतालाई दैवी शक्ति भएको रूपमा हेर्न आग्रह गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “यदि पहिचानको साँघुरो चौकोसमा हामीलाई नथुनिएको भए, हाम्रो जीवन खुला आकाशजस्तै हुन्थ्यो।”
चञ्चलाले सबैलाई समेट्ने साझा आँगन निर्माण गर्नुपर्नेमा जोड दिँदै भनिन्, “अब हामी आफैं बनाउनेछौं साझा समाज, जहाँ सबैको स्वर समान रूपमा गुन्जिन्छ।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव