emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करीमा सर्च अपरेसन

source e-Madhesh २०८२ श्रावण २१ गते , बुधबार
0
Shares
17
Views
सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, मदिरा तस्करीमा सर्च अपरेसन

लिलाकान्त यादव,
राजविराज, २१ साउन ।
 सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा अवैध मदिरा तस्करी नियन्त्रणका लागि प्रहरीले चलाएको सर्च अपरेसनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृतक ३६ वर्षीय लालु यादव भारतीय सीमाबाट मदिरा तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले निगरानी बढाएपछि झडप भएको हो। प्रहरीले दिएको जानकारी अनुसार स्थानीयबासीले प्रहरीलाई घेराबन्दी गरी ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको थियो। यादवको तिघ्रामा गोली लागेको थियो र उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।
अपरेसनको क्रममा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ।
यसअघि पनि प्रहरीद्वारा छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हेरोइनसहित दुई जनालाई हवाई फायर गरी नियन्त्रणमा लिइएको थियो।
सप्तरीको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि प्रहरीको सक्रियता पछिल्लो समय बढेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव