emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपाल सप्तरीको अधिवेशनमा केदार यादव अध्यक्षमा निर्वाचित, नयाँ नेतृत्व चयन

source e-Madhesh २०८२ श्रावण २० गते , मंगलबार
0
Shares
31
Views
जसपा नेपाल सप्तरीको अधिवेशनमा केदार यादव अध्यक्षमा निर्वाचित, नयाँ नेतृत्व चयन

लिलाकान्त यादव,
राजविराज, २० साउन ।
 जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको प्रथम जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन भएको छ। ५ सय ४ मतदाताहरूको सहभागितामा सम्पन्न मतदानबाट अध्यक्ष पदमा केदार यादव २३५ मत ल्याएर निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतको अन्तरले पराजित गरे।
उपाध्यक्ष पदमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित भए। लक्ष्मणले २३५ र हरेरामले २२६ मत प्राप्त गरे। अन्य प्रतिस्पर्धी उषा साहले १७४ र राजेश्वर रायले १८५ मत पाए।
सचिव पदका लागि कडा प्रतिस्पर्धा देखिएको थियो। शम्भु यादवले २३० मत प्राप्त गर्दा, निरज मुक्ती २३१ मतसहित विजयी बने।
उपसचिवमा रिता चौधरीले २३४ र रामेश्वर यादवले २३५ मतसहित निर्वाचित भए। राहुल मण्डलले २२३ तथा दाउद हुसेनले १७३ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा अमरेन्द्र यादव २३५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अभिनय यादव (निकु) ले २१० मत प्राप्त गरे।
जसपा नेपाल सप्तरीको अधिवेशनमा नयाँ नेतृत्व चयन भएसँगै संगठनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। अधिवेशनपछि विजयी उम्मेदवारहरूलाई कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव