emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहद्वारा महावीर मा.वि. भवन निर्माणको अवलोकन

source e-Madhesh २०८२ श्रावण २० गते , मंगलबार
0
Shares
46
Views
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहद्वारा महावीर मा.वि. भवन निर्माणको अवलोकन

लिलाकान्त यादव,
राजविराज, २० साउन ।
 महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा अवस्थित महावीर माध्यमिक विद्यालयमा निर्माणाधीन भवनको स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्री साहको विशेष पहलमा सो विद्यालयको भवन निर्माणका लागि आर्थिक वर्ष २०८१÷८२ मा ३ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने त्यसको निरन्तरता स्वरूप आर्थिक वर्ष २०८२÷८३ मा पुनः थप ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
निरीक्षणको क्रममा मन्त्री साहले स्थानीय शैक्षिक पूर्वाधारको विकासले मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता हुने बताउँदै शिक्षा क्षेत्रमा राज्यको लगानीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै निर्माण कार्यलाई समयमै सम्पन्न गरी विद्यार्थीहरूलाई सुरक्षित र आधुनिक वातावरणमा अध्ययन गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो।
मन्त्री साहले विद्यालय भवनको निर्माणमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै राज्यको स्रोत, साधन र नीतिलाई जनतामैत्री बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो। निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक र समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव