ई-मधेश न्युज
समान जडान नभएपनि लाखौंको बजेट निकासा,सिंह गापालाई कमिसनको अड्डा बनाएको,नेता शरणदेव यादवकाे आराेप
लहान, असार/१७ सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाकाे कार्यालय प्रमुख अशोक सिंहले आर्थिक वर्ष २०८१/०८२ मा संचाल तर्फ करिब १२ करोड भन्दा बढी रकम राखेर कागजी विलभर्पाइ मिलान गरी अनियमितता गरेकाे आराेप निवर्तमान गापा अध्यक्ष रामवलप साहले लगाएको छ । नेकपा नेता देवनारायण साह भन्नुहुन्छ अशाेक सिंह विभिन्न शिर्षकमा रकम निकासा गरेपनि काम गरेको देखिदैन वडा कार्यालय,स्वास्थ चाैकीमा डिजिटल हाजरी सिसी क्यामरा,ईन्भर्टर,ब्याट्री लक्ष्मीपुर हाटबजारमा सिसि क्यामरा जडान,ल्यपटप,कम्प्युटर खरिद जस्ता विषयमा शिर्षक वाईज दश दश लाख रकम गरि करिव ४०/४५ लाख निकासा गरेपनि हालसम्म कतै लागेको छैन नत कुनै कार्यालयमा समान छ । रकम स्वाहा गरेको छ । भने गापा भित्रका सरकारी स्कुलकालागि १० लाखकाे फर्निचर किनेकाे रकम निकालेको छ तर कुनैपनि स्कुलमा फर्निचर दिएको छैन । याे ब्रहमलुट गरेको जस्तो देखिन्छ । त्यस्तै स्थानीय नेकपा नेता जगत प्रसाद साह भन्नुहुन्छ यहाँ दर्जनौं कार्यक्रमहरु विभिन्न गैर संघसंस्था मार्फत पेपर र तस्बिर लिएर कमिसनकाे सेटिङमा लाखौंलाख रकम खाएको,ईन्धनमा ६० लाख,गाडी मर्मत वापत २५ लाख,गाडी भाडा वापत ४५ लाख रकम खर्च गरेको देखिन्छ जवकी गाउँ पालिकामा एउटा स्कार्पि आफै रहेको छ, यतिकाे रकम अधिकृत अशाेक सिंहले हजम गरेकाे आराेप लगाएकाे छ। नेपाली काग्रेस सिरहा क्षेत्र नं १ काे सचिव नेता शरणदेव यादव भन्नुहुन्छ अधिकृत आशाेक सिंह जस्तो भ्रष्ट,निच सायदै हाेला जुनठाउँमा गएको छ कमिसनकाे जाल बुन्दै कमिसनको अड्डा बनाएर । स्थानीय नेता विच द्वन्द शिर्जना गरेर आफु फाइदा लिनेगरेकाे छ । स्थानीय नेता अशाेक मंण्डल भन्नुहुन्छ जिन्सी शाखासँग पटकपटक समान किनेकाे विवरण माँगदा दिदैन धेरैजसो समानकाे विल भर्पाई मात्र छ । समान छैन सराेकारवला निकाय माैन किन ? आश्चर्यकाे कुरात याे हाे सिंह जुन गापामा गएपनि यहि राताे स्कार्पि चढ्ने गर्छ । आफ्नो कार्यकक्षमा ठूलाे एलईडी राखेर कमिसनको सेटिङमा डकुमेन्ट्री/ डिपि.आर बनाएर लटकचटक देखाई गापााई कमिसनको अड्डा बनाएको आराेप लगाएको छ । यस सम्बन्धमा पटकपटक सिंहलाई फाेन गर्दा सम्पर्क भएन जिन्सी शाखा प्रमुख अंजनि चाैधरीले फाेन उठाएपनि यस सम्बन्धमा साेधपुछ गर्नलागेपछि फाेन कटेकाे छ । स्थानीयहरु भन्नुहुन्छ सराेकारवला निकायकाे ध्यानाकर्षण कहिले हुन्छ ?