ई-मधेश न्युज
जसपा सप्तरी जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
लिलाकान्त यादव,
राजविराज, १५ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता पश्चात प्रथम जिल्ला अधिवेशन, सप्तरीको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन समिति संयोजकका अनुसार अधिवेशनको निर्वाचन साउन १५ गतेदेखि सुरु हुने छ।
कार्यतालिका अनुसार साउन १५ गते दिउँसो ३ः३० बजे प्रारम्भिक मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि ५ः०० देखि ६ः०० बजेभित्र दावी–विरोध तथा संशोधन गर्ने समय दिइएको छ। साँझ ८ः०० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
साउन १६ गते बिहान ८ः०० देखि १०ः०० बजेभित्र उम्मेदवारी दर्ता गरिनेछ। त्यसपछि ११ः०० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। नाम फिर्ता गर्न ११ः१० देखि १२ः०० बजे र दावी–विरोध गर्न ११ः०५ देखि १ः०० बजे समय दिइएको छ। अन्तिम नामावली भने २ः०० बजे प्रकाशित हुनेछ।
साउन १७ गते बिहान ७ः०० देखि ३ः०० बजेभित्र मतदान प्रक्रिया सम्पन्न हुनेछ। मतगणना सकेपछि मतगणना पछि नतिजा प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।