ई-मधेश न्युज
जसपा नेपालको प्रथम सप्तरी जिल्ला अधिवेशन सुरु
लिलाकान्त यादव,
राजविराज, साउन १४ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको सप्तरी जिल्ला अधिवेशन आजदेखि राजविराजको साई कृष्णा मेडिकल कलेज, राजविराज–२, तेतरी गाछीमा आयोजना गरिएको अधिवेशन साउन १६ गतेसम्म हुनेछ।
अधिवेशनको उद्घाटन कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथि रहनेछन्। कार्यक्रमलाई ऐतिहासिक बनाउँदै सामाजिक लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
तीनदिने अधिवेशनमा संगठन सुदृढीकरण, नीति निर्माण तथा आगामी रणनीतिक कार्यदिशा तय गरिनेछ। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई सार्थक बनाउने दिशामा अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने जसपाका नेपालका जिल्ला कार्यकारिणी सदस्य तथा बोदेबरसाईन नपा १०का वडा अध्यक्ष सुनित कुमार यादवले बताएका छन् ।
सप्तरीका १८ वटा पालिकाबाट प्रतिनिधिहरू, नेताहरू तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ। दोस्रो दिन बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ। कार्यक्रममा करिब १० हजार व्यक्तिको सहभागिता हुने अनुमान गरिएको छ।
जसपा नेपाल सप्तरीका उपसचिव शम्भु कुमार यादवले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।