emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नाग पंचमी देशभर नागदेवताको पूजा गरी भक्तिपूर्वक मनाइयो

source e-Madhesh २०८२ श्रावण १३ गते , मंगलबार
0
Shares
55
Views
नाग पंचमी देशभर नागदेवताको पूजा गरी भक्तिपूर्वक मनाइयो

लिलाकान्त यादव,
राजविराज, १३ साउन ।
 श्रावण शुक्ल पञ्चमीका अवसरमा हिन्दू धर्मावलम्बीहरुले नाग पंचमी पर्व श्रद्धापूर्वक मनाएका छन्। विशेषगरी नागदेवताको पूजा, स्तोत्र पाठ, दुग्ध अर्पण र धानको लावा चढाएर नाग देवतासँग रक्षा, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ।
वैदिक मान्यता अनुसार अनन्त, वासुकी, तक्षक, पद्म, शंख, कालिया, कर्कोटक, अश्वतर, धृतराष्ट्र, पिङ्गल, कम्बल र कार्कोटक गरी १२ प्रमुख नागहरूलाई आजको दिन पूजा गर्ने चलन छ। यस दिन घरको मूल ढोकामा गोबरले लिपेर नाग चित्र टाँस्ने परम्परा छ, जसलाई वर्षभरि घरको रक्षा गर्ने विश्वास गरिन्छ।
नाग पंचमीसँग महाभारतकालीन ऐतिहासिक प्रसंग जोडिएको छ। राजा परीक्षितको नागदंशबाट मृत्यु पश्चात उनका छोरा जन्मजयले सम्पूर्ण सर्पहरूलाई समाप्त पार्न यज्ञ गरेपछि अस्थिक ऋषिको आग्रहमा यज्ञ रोकिएको र नागहरूले पुनः जीवन पाएको धार्मिक विश्वास रहिआएको छ।
आजको दिन विशेषगरी दूध, फूल, दुग्ध भात, लावा, मिठाई आदिको सामग्रीसहित नागदेवताको पूजा गरिन्छ। कतिपय स्थानमा सर्पको प्रत्यक्ष पूजा गर्नसमेत परम्परा छ। धार्मिक आस्था र परम्परालाई जीवित राख्दै यो पर्व श्रद्धा र सम्मानका साथ मनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव