emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बाघ संरक्षणका लागि साझा प्रयास आवश्यक: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ श्रावण १३ गते , मंगलबार
1
Shares
31
Views
बाघ संरक्षणका लागि साझा प्रयास आवश्यक: उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौँ, १३ साउन ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाघ संरक्षणलाई वातावरणीय सन्तुलन र जैविक विविधताको लागि महत्वपूर्ण विषयका रूपमा जोड्दै यसको संरक्षणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय बाघ दिवस २०२५ का अवसरमा जारी सन्देशमा उपराष्ट्रपतिले बाघको छाला, हाड र दाँतको अवैध सिकार तथा वन विनाशका कारण विश्वभर बाघ संकटमा परिरहेको उल्लेख गरे। उनले तीव्र शहरीकरण, डढेलो र वनजंगल फडानीले बाघको वासस्थान जोखिममा परेको जनाए।
नेपालले पछिल्लो दशकमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले सरकार, स्थानीय समुदाय, संघसंस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वित प्रयासलाई त्यसको श्रेय दिए। उनले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनलाई अहिलेका प्रमुख चुनौतीका रूपमा औंल्याए।
बाघ संरक्षणले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा समेत योगदान पुर्याउने भएकाले संरक्षण प्रयासलाई अझ सशक्त बनाउनुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ। उनले बाघको अस्तित्व जोगाउनु केवल प्रजातिको रक्षा मात्र नभई वातावरणीय सन्तुलन जोगाउने कार्य पनि भएको स्पष्ट पारे।
उनले सन्देशको अन्त्यमा अन्तर्राष्ट्रिय बाघ दिवस २०२५ ले सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारीमा एकजुट बनोस् भन्ने शुभकामना व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव