ई-मधेश न्युज
जसपा नेपालले केन्द्रीय आईटी सेल गठन ग¥यो, प्रमुखमा महेश चौरसिया नियुक्त
र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १२ साउन ।
जनता समाजवादी पार्टी, नेपालले पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधिको सुदृढीकरणका लागि केन्द्रीय आईटी सेल गठन गरेको छ। नवगठित सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन्। उनी पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिव समेत मनोनित भएका छन्।
बालकुमारीस्थित पार्टी कार्यालयमा महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यतामा आयोजित बैठकले ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरेको हो। विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सूचना तथा संचार विभागमा १८ सदस्यीय विस्तारसमेत गरेको छ।
विचार, संगठन र कार्यक्रमलाई डिजिटल माध्यममार्फत जनतामा पु¥याउन र पार्टी संरचनालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेल गठन गरिएको यादवले जानकारी दिए।
आईटीको प्राविधिक सीप भएका, सामाजिक सञ्जालमा सक्रिय र प्रचार सामग्री निर्माणमा दक्ष कार्यकर्ताहरू समेटेर दक्ष टोली तयार पारिएको छ। विभागमा प्रदीप घतान, रसना यादव, अमरेन्द्र यादव, रेणुराज सिंह, अजय वर्मा, गौतम यादव, पिन्टु सिंह, श्याम यादव लगायतलाई सदस्य बनाइएको छ।