emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा करेन्ट लागेर दलित दम्पतीको मृत्यु, गाउँ शोकमा

source e-Madhesh २०८२ श्रावण १० गते , शनिबार
0
Shares
32
Views
सप्तरीमा करेन्ट लागेर दलित दम्पतीको मृत्यु, गाउँ शोकमा

लिलाकान्त यादव,
राजविराज, १० साउन ।
सप्तरीको रूपनी गाउँपालिका–३ स्थित पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर एक दलित दम्पतीको ज्यान गएको छ। सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीया श्रीमती रामकुमारी खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार बालेश्वर खंग आफ्नो सिटी रिक्सा चार्ज गर्दै गर्दा अचानक करेन्ट लाग्यो। श्रीमान्लाई बचाउन गएकी रामकुमारीलाई समेत करेन्ट लागेपछि घटनास्थलमै दुवैको ज्यान गएको हो।
दम्पतीको मृत्युले गाउँ शोकमा डुबेको छ। मृतकका दुई छोरा छन्। एकैपटक आमाबाबुको मृत्यु भएपछि परिवारमा ठूलो बज्रपात परेको स्थानीयवासीको भनाइ छ।
रूपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले परिवारमा परेको दुःखद घटनाले गाउँ नै स्तब्ध बनेको बताउनुभयो। उहाँले पीडित परिवारलाई आवश्यक सहयोगको पहल गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव