emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा गम्भीर संकल्प: अध्यक्ष अन्सारी

source e-Madhesh २०८२ श्रावण १० गते , शनिबार
0
Shares
28
Views
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा गम्भीर संकल्प: अध्यक्ष अन्सारी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १० साउन ।
 नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गर्दै वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीर संकल्पका साथ अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
काठमाडौंमा सम्पन्न नेसंसपाको केन्द्रीय पदाधिकारी विशेष बैठकमा अन्सारीले मधेशको भावना र मागलाई आत्मसात गर्दै समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य प्राप्तिका लागि समाजवादी विचारमा आधारित बहुराष्ट्रिय राज्य र अधिकार सम्पन्न प्रदेश निर्माण अपरिहार्य रहेको बताएका छन्।
बैठक उपमहासचिव जनक कार्कीको सञ्चालनमा सम्पन्न भयो भने उपाध्यक्ष एवं प्रदेशसभा सदस्य बिमला अन्सारी विशेष रूपमा सहभागी भइन्। बैठकमा सबै केन्द्रीय पदाधिकारी तथा आमन्त्रित सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति, सरकारको कार्यशैली र आम जनताको जीवनस्तरबारे छलफल गर्दै पाँच ठोस निर्णयहरू पारित गरेको छ। बैठकको निष्कर्षमा उल्लेख छ कि वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मन्त्रीहरूकै संलग्नतामा अनियमितता बढेको, बेरोजगारी, आर्थिक बेथिति र महँगीका कारण जनजीवन संकटमा परेको छ। संविधान संशोधनप्रति देखिएको उदासीनता र जनअपेक्षाको उपेक्षा गर्दै लुटतन्त्र र असमानताको विरुद्ध जनसंघर्षको आह्वान गरिएको छ।
बैठकले संघीय गणतान्त्रिक गठबन्धनको जनजागरण अभियानको समीक्षा गर्दै यसलाई ७७ वटै जिल्लामा विस्तार गर्ने निर्णय गरेको छ। साथै उत्पीडित वर्गका समान सोच भएका दलहरूसँग एकता, सहकार्य र मोर्चा निर्माणका लागि महासचिव अनन्त राईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
तराई–मधेशको सुक्खा र खानेपानीको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको भन्दै तत्काल कदम चाल्न माग गरिएको छ। बाढी–पहिरो पीडितको राहत र दीर्घकालीन समाधानका लागि ठोस नीति ल्याउन जोड दिइएको छ।
अन्त्यमा, संगठन विस्तार, सदस्यता पुनर्गठन, विभाग तथा भातृ संगठनहरूको पुनर्संरचना र सचेतनामूलक अभियानलाई तीव्र पार्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव