emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा तालाबन्दी

source e-Madhesh २०८२ श्रावण ५ गते , सोमबार
0
Shares
32
Views
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा तालाबन्दी

ईमधेश न्यूज सम्वाददाता,
लहान, ०५ साउन ।
 सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा अनियमितताको विरोधमा तालाबन्दी गरिएको छ।
नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटी लगायतका स्थानीय नेताहरूले गाउँपालिकामा व्यापक अनियमिता, खर्चको दुरुपयोग तथा गाडी भाडा, योजना र क्रियाकलापमा अपारदर्शिता रहेको आरोप लगाउँदै आइतवार प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
स्थानीय नेताहरूका अनुसार गाउँपालिकाले सूचना मागको बेवास्ता, गाडी भाडा तथा संचालन खर्चमा अनियमितता, खानेपानी तथा ट्रान्सफरमर जडानमा ढिलाइ, तथा तत्काल आवश्यकता नपर्ने समान खरिद जस्ता गतिविधिमा मनपरी गरेको छ। उनीहरूले अध्यक्ष चतुरानन्द ठाकुरलाई ध्यानाकर्षण गराउँदै कार्यशैली परिवर्तनको माग गरेका छन्।
तालाबन्दीमा सहभागी नेताहरूले गाउँपालिकाले ठोस विकासभन्दा लट्कचट्क कार्यक्रममा बढी ध्यान दिने गरेको र जनताका आवश्यकता बेवास्ता गर्दै खर्च बढाएको गुनासो पनि गरेका छन्।
तालाबन्दीपछिको अवस्था समाधान गर्न गाउँपालिकाले कुनै प्रतिक्रिया दिएको छैन। स्थानीयले पालिकाको पारदर्शिता र जवाफदेहिताका लागि चाँडो सुधारको माग गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव