emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्री यादवको राति छड्के निरीक्षण ः मेलम्ची खानेपानी आपूर्तिमा तीव्रता

source e-Madhesh २०८२ श्रावण ५ गते , सोमबार
0
Shares
34
Views
मन्त्री यादवको राति छड्के निरीक्षण ः मेलम्ची खानेपानी आपूर्तिमा तीव्रता

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०५ साउन ।
 खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले आज राति छड्के अनुगमन गर्नुभएको छ।
मन्त्री यादवले बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा बिच्छ्याइएको पाइपलाइन स्थलहरूमा प्रत्यक्ष निरीक्षण गर्दै कार्यको प्रगति बुझ्नुभएको हो।
उहाँले ती क्षेत्रहरूमा पाइपलाइन परीक्षण चाँडो सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ।
बालुवाटार क्षेत्रका पाइपलाइन तेर्सो दिशात्मक ड्रिलिङ (एचडिडी) प्रविधिबाट सफलतापूर्वक निर्माण भइसकेको बताउँदै मन्त्री यादवले चाँडै वितरण सुरु हुने जनाउनुभयो।
पाइपलाइन दबाव परीक्षण (प्रेसर टेस्ट) सफल भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ क्षेत्रमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो।
पानी आपूर्तिपछि करिब ३,५०० घरधुरी लाभान्वित हुने अनुमान गरिएको छ।
प्रवन्धक अमित रञ्जितका अनुसार उपत्यकाबासीलाई शुद्ध र नियमित पानी दिन दीर्घकालीन लक्ष्यसहित यो प्रणाली निर्माण गरिएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव