emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा ३८८ किलो गाँजासहित एक जना पक्राउ, अनुसन्धान जारी

source e-Madhesh २०८२ श्रावण ४ गते , आइतबार
0
Shares
33
Views
सप्तरीमा ३८८ किलो गाँजासहित एक जना पक्राउ, अनुसन्धान जारी

लिलाकान्त यादव,
राजविराज, ०४ साउन ।
 सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित एक घरबाट ३८८ किलो ७३० ग्राम लागुऔषध (गाँजा) बरामद गरिएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले सोमबार बिहान उक्त गाँजा फेला पारेको हो।
सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामी र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले रामकेबल मण्डलको घरमा खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट २ बोरा, गाईगोठबाट १ बोरा र बाँसको झ्याङबाट ९ बोरा गरी जम्मा १२ बोरामा गाँजा लुकाइएको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ३८८ किलो ७३० ग्राम रहेको छ। घटनामा संलग्न आशंकामा मण्डलकी श्रीमती रेखा कुमारी मण्डललाई पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर मान्दै लागुऔषध कारोबारमा संगठित गिरोहको संलग्नता हुनसक्ने भन्दै अनुसन्धानलाई तीव्र बनाएको छ। बरामद पदार्थ आवश्यक कानुनी प्रक्रिया अनुसार नष्ट गरिने जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव