ई-मधेश न्युज
रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन, उम्मेदवारी दर्ता असोज २१ गते
ईमधेश न्यूज सम्वाददाता,
रूपन्देही,०४ साउन ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३, रूपन्देहीमा यही सम्वत् २०८२ साल कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। सोही दिन साँझ ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरिनेछ। असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने उजुरी जाँचबुझपछि असोज २३ गते साँझ ५ देखि ७ बजेसम्म अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।
नाम फिर्ता गर्ने म्याद असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कायम गरिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
मतदान प्रक्रिया कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था पनि यथावत् रहनेछ।