emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संघीय गणतान्त्रिक गठबन्धनको जनजागरण रैली सम्पन्न, 

source e-Madhesh २०८२ श्रावण १ गते , बिहीबार
0
Shares
32
Views
संघीय गणतान्त्रिक गठबन्धनको जनजागरण रैली सम्पन्न, 

लिलाकान्त यादव,
रौतहट, ०१ साउन ।
 संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा रौतहटको गरुडा नगरपालिकामा बुधबार आयोजित विशाल जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा दलित, मुस्लिम, आदिवासी, निषाद लगायत उत्पीडित समुदायहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा गठबन्धन संयोजक तथा संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मिश्रित निर्वाचन प्रणालीलाई उत्पीडित जनतालाई सत्ताबाट टाढा राख्ने षड्यन्त्रको रूपमा व्याख्या गर्दै पूर्ण समानुपातिक प्रणालीको माग गरे। उनले भने, “उत्पीडित जनताको सत्ता स्थापनासम्म आन्दोलन रोकिन्न।”
पूर्वगृह राज्यमन्त्री बिमला अन्सारीले मधेश सरकारमाथि विभेदकारी शासनको आरोप लगाउँदै उत्पीडित वर्ग सत्तामा नपुग्दासम्म न्याय सम्भव नहुने धारणा राखिन्। अन्य वक्ताहरूले पनि संविधानमा लेखिएका अधिकार व्यवहारमा लागू गर्न सशक्त राजनीतिक विकल्प निर्माणको आवश्यकता औंल्याए।
कार्यक्रमले उत्पीडित जनताको राजनीतिक सहभागिता, समानुपातिक निर्वाचन प्रणालीको स्थापना, संघीयताको पुनव्र्याख्या र सामाजिक न्यायको मागलाई सशक्त रूपमा उठाउँदै वर्तमान राजनीतिक संरचनामाथि गम्भीर प्रश्न खडा गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव