emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा बस्ने निर्णय

source e-Madhesh २०८२ असार ३२ गते , बुधबार
0
Shares
32
Views
जसपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा बस्ने निर्णय

लिलाकान्त यादव,
काठमाडौं, ३२ असार ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा सम्पन्न भयो। बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र अबदेखि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।
बैठकले सरकारको कार्यसम्पादनको गम्भीर समिक्षा गर्दै, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, संघीयता कार्यान्वयनमा उदासिनता देखाएको, संविधान संशोधनमा कुनै पहल नगरेको, जनताको आधारभूत सेवा— शिक्षा, स्वास्थ्य, खानेपानीमा सुधार गर्न नसकेको लगायतका ११ वटा प्रमुख कारण उल्लेख गर्दै सरकारलाई असफल ठहर गरेको छ।
मधेश, थरूहट, लिम्वुवान आन्दोलनका क्रममा झुटा मुद्दामा थुनिएका राजबन्दीहरूको रिहाइको माग पनि बैठकको निष्कर्षमा समेटिएको छ।
जसपाले कृषि, रोजगार, उद्योग, पर्यटन तथा उत्पीडित समुदायको हकअधिकारका मुद्दामा सरकार पूर्णतः विफल भएको बताउँदै अब पार्टीले सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव