emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बोदे बरसाईन नगरपालिका वडा नं ४ मा भूमिहीनलाई लालपुर्जा वितरण, एतिहासिक दिनको रुपमा मनाइयो

source e-Madhesh २०८२ असार ३२ गते , बुधबार
0
Shares
27
Views
बोदे बरसाईन नगरपालिका वडा नं ४ मा भूमिहीनलाई लालपुर्जा वितरण, एतिहासिक दिनको रुपमा मनाइयो

उमेश कुमार यादव,
राजविराज, ३२ असार ।
 बोदे बरसाईन नगरपालिका वडा नं ४ मा रहेका भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ। वडाभित्रका गाउँब्लकमा रहेका घरपरिवारलाई पहिलो पटक आधिकारिक रुपमा जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको हो, जसले स्थानीय स्तरमा ऐतिहासिक दिनको अनुभूति गराएको छ।
वडा नं ४ को सिल्हट प्रसाहीस्थित वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा भूमिहीन परिवारका प्रतिनिधिहरुलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरियो। कार्यक्रमको आयोजना वडा कार्यालय र पालिकाको सहकार्यमा गरिएको थियो।
यस अवसरमा स्थानीय जनप्रतिनिधिहरू, वडा अध्यक्ष, सरोकारवाला निकायका प्रतिनिधि र लाभग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भूमिहीन परिवारले लालपुर्जा प्राप्त गर्न पाउँदा खुसी र सन्तुष्टि व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी दुई वर्षभित्र पालिकाभित्र रहेका सबै भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिएको छ। यस कार्यले सामाजिक न्याय, समावेशिता र स्थायी बसोबासको सुनिश्चितता तर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव