emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

२१२ औं भानु जयन्तीमा शान्ति साहित्यिक सभा, एक लाख एक रुपियाँ राशिको पुरस्कार घोषणा

source e-Madhesh २०८२ असार ३१ गते , मंगलबार
0
Shares
23
Views
२१२ औं भानु जयन्तीमा शान्ति साहित्यिक सभा, एक लाख एक रुपियाँ राशिको पुरस्कार घोषणा

लिलाकान्त यादव,
काठमाडौं, ३१ असार ।
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको नक्सालस्थित पीस एम्बेसी भवनमा शान्ति साहित्यिक सभा तथा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा २५ जना कविहरूले आ–आफ्ना रचना वाचन गर्दै भानुभक्तप्रतिको श्रद्धा व्यक्त गरे।
विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एक लाख एक रुपियाँ राशिको ’शान्ति साहित्यिक पुरस्कार’ घोषणा गरिएको छ। दक्षिण एसियाका निर्देशक तथा गीतकार कृष्णबहादुर अधिकारी सेवकले उक्त पुरस्कार घोषणा गर्दै भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताए। उनले नेपालदेखि दार्जिलिङसम्म नेपाली संस्कृति, भाषा र भानुभक्तको सम्मान गुञ्जायमान भएको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि भिम उप्रेती रहेका थिए भने कवि रूपसिंह भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा सन्तोष पोखरेल, स्नेह सायमी, रञ्जना निरौला, कृष्ण बाउँसे, भोजकुमार धमला, गंगा खतिवडा, दीप डाँगी, रिता खतिवडा, सुभाषसिंह पराजुली लगायत १८ जना कविहरूले समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा आधारित कविता प्रस्तुत गरे।
कार्यक्रममा स्वागत मन्तव्य एच.बी. खत्रीले दिनुभयो भने समाजसेवी विनोद डाँगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। अधिकारीले नेपाली भाषालाई विश्व साहित्यमा स्थापित गर्न शान्तिका सन्देशसहित साहित्य सिर्जनाको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव