ई-मधेश न्युज
हनुमाननगर कंकालिनी–९ का वडाध्यक्षद्वारा विद्यालयलाई सामग्री हस्तान्तरण
लिलाकान्त यादव,
राजविराज, २४ असार ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री हरिशचन्द्र वर्माज्यूले श्री महावीर माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ। हस्तान्तरण गरिएका सामग्रीहरूमा सोफा, कुर्सी, टेबल लगायतका महत्वपूर्ण उपयोगी सामानहरू समावेश छन्।
शैक्षिक पूर्वाधार सुदृढीकरणमा वडाध्यक्षज्यूले देखाउनु भएको सक्रियता र सहयोगप्रति विद्यालय परिवारले अत्यन्तै कृतज्ञता व्यक्त गरेको छ। विद्यालय व्यवस्थापन समितिदेखि शिक्षक तथा अभिभावकसम्मले उहाँको यो सद्भावना र योगदानले शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालय परिवारले वडाध्यक्ष हरिशचन्द्र वर्माज्यू प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्यका अपेक्षा गरेको छ।