emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वर्षा पानीको अभावमा किसानले धान रोप्न नसकी मारमा

source e-Madhesh २०८२ असार २४ गते , मंगलबार
0
Shares
41
Views
वर्षा पानीको अभावमा किसानले धान रोप्न नसकी मारमा

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको भएपनि यस वर्षको आसारभरि नै पानीको एक थोपा नपरेपछि अर्को अर्थमा  यतिबेला पानीको अभावका कारण धान रोप्ने त के हो? के हो ! खेत समेत बन्जर हुने अवस्था सिर्जित भएको छ। खेतमा पानी नभएको कारण सप्तरी सहित तराई मधेशका अधिकांश जिल्लाका खेतमा धान रोपाई हुन सकेको छैन। किसान त्राहिमान छन्। केही स्थानहरूमा नरको सुविधा भएपनि र कतिपय स्थानमा बोरिङको सुविधा भएपनि अधिकांश ठाउँमा रोपनी भएको देखिँदैन। अझ त आर्थिक स्थिति कमजोर भएका किसानहरुले धान रोप्न नसक्दा रोइरहेका छन्। धानको बिउ सुक्दै गएको छ।
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्व दिने गरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिककरण र व्यवसायकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले विसं २०६१ सालदेखि प्रत्येक वर्ष आषार १५ गतेलाई धान दिवसको रूपमा मनाउन थालिएको हो। यस वर्ष ’धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित दिवस मनाइयो।
नेपालमा धानको खेतीको लागि पर्याप्त सिचाइको व्यवस्था हुन नसक्दाको सन्दर्भमा। अधिकांश खेती निर्भर रहेको छ। धानको खेतमा पानी भए मात्र उत्पादन सम्भव छ। खेतमा पानी पर्याप्त नभएको अवस्था मा धान उत्पादन घट्ने र वर्षा समयानुकूल भएमा उत्पादन बढ्ने तथ्य रहेको छ। 
धान खेती योग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुनु जरुरी छ। धान बालीमा जलवायु प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने तर्फ सरकारले सक्रियता देखाउन आवश्यक छ। 
सरकारले कृषियोग भूमिमा सिचाइको व्यवस्था गर्नेतर्फ कम संगै मल खाद आपूर्ति तर्फ कम र धान दिवसतर्फ बढी रकम खर्च गरिने भएको कुनै अर्थमा सार्थक होइन। मुलुकका सबै पालिकाहरुले लाखौ रुपैयाँ खर्च गरिने विधितै छ। 
अत नेपालमा खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्धन गर्नु आवश्यक भएकोले सरकारले कृषकहरूको मूल समस्या तर्फ केन्द्रित हुनु पर्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव