ई-मधेश न्युज
लागू औषधसहित दुई जना सप्तरीमा पक्राउ
लिलाकान्त यादव,
राजविराज, २३ असार ।
सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका–२ स्थित बलान पुलदेखि ३०० मिटर दक्षिण खोला छेउबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्। २०८२ असार २२ गते साँझ करिब ७ बजे मौवाहा प्रहरी चौकीबाट प्रहरी निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना युवकलाई शंकास्पद रूपमा चेकजाँच गर्दा उनीहरूसँग ठूलो परिमाणमा लागू औषध फेला परेको हो।
पक्राउ परेकाहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ का २५ वर्षीय लक्ष्मण मलाह र २४ वर्षीय राजेश निरौला रहेका छन्। उनीहरूको साथबाट म्क्ष्ब्श्भ्एब्ः, एज्भ्ल्भ्च्न्ब्ल्, र द्यगउचभलयचउजष्लभ नामक इन्जेक्सन गरी कुल २६० थान लागू औषध बरामद गरिएको छ। साथै, ऋइीइच्क् कम्पनीको सादा मोबाइल फोन (सिमकार्डविहीन) पनि फेला परेको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कडरवोनामा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अघि बढाइएको छ।