emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षा ऐन रोकेको विरोधमा अखिल क्रान्तिकारीको चेतावनी

source e-Madhesh २०८२ असार १९ गते , बिहीबार
0
Shares
37
Views
शिक्षा ऐन रोकेको विरोधमा अखिल क्रान्तिकारीको चेतावनी

लिलाकान्त यादव,
काठमाडौं, १९ असार ।
 नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा ऐन जारी नगरेको विरोधमा देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ। असार १५ मा शिक्षा ऐन आउनु पर्नेमा सरकारले ढिलाइ गरेपछि संगठनले बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
संगठनका अध्यक्ष बिरेन्द्र शाहले शिक्षा ऐनमा व्यापारी र माफियाको प्रभाव परेकाले ऐन अड्किएको आरोप लगाउँदै, “निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली लागु हुने गरी ऐन ल्याइएन भने, शैक्षिक दलालका व्यापारिक महलहरूमा आगो बाल्न पछि पर्ने छैनौं,“ भन्दै कडा चेतावनी दिएका छन्।
महासचिव उषाकिरण आजादले ल्याउन लागिएको शिक्षा ऐन संविधानविपरित रहेको आरोप लगाउँदै, “ठूला नेता र सरकारी कर्मचारीका सन्तानलाई निजी विद्यालयमा पढाउन नपाउने व्यवस्था ऐनमा स्पष्ट गर्नुपर्ने“ माग राखे। कार्यक्रममा संगठनका अन्य शीर्ष नेताहरूको उपस्थिति थियो।
जसरमा  असार २०–२२ः संसद र दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, असार २३–२४ः देशव्यापी कोणसभा, असार २६–२७ः सरोकारवालाहरुलाई पत्राचार र जनदबाब, असार ३०ः प्रदर्शन, असार ३२ः पुत्ला दहन र मसाल जुलुस र  साउन २ः देशव्यापी शैक्षिक हड्ताल तथा शैक्षिक संस्था बन्द रहने जस्ता संघर्षका कार्यक्रम रहेको छ ।
संगठनले शिक्षा ऐन बिना शिक्षा प्रणाली गरिब, ग्रामीण र वञ्चित वर्गका लागि अझ टाढा बन्ने भन्दै निजीकरण र व्यापारिकरणविरुद्ध निर्णायक संघर्षमा जाने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव