emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एकल महिलाद्वारा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ असार १६ गते , सोमबार
0
Shares
22
Views
एकल महिलाद्वारा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, १६ असार ।
 हनुमाननगर कंकालिनी नगरपालिका  एकल महिलाहरूको आयोजनामा सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक सुरक्षा, अधिकार र सरकारी योजनामा पहुँच सुनिश्चित गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता मधेश प्रदेश अध्यक्ष अनिता देवकोटाले गरिन् भने केन्द्रिय अध्यक्ष विमला पराजुली प्रमुख अतिथिको रूपमा सहभागी थिइन्। कार्यक्रममा १४ वडाबाट सहभागी भएका एकल महिलाहरूले राज्यबाट पाइने सुविधाहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्यामा परिरहेको बताउँदै स्थानीय तहको उदासीनताप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रमकै क्रममा रेखा मण्डलको अध्यक्षतामा हनुमाननगर कंकालिनी नगरपालिका एकल महिला कमिटी गठन गरिएको छ। कमिटीले एकल महिलाका अधिकार संरक्षण र सामाजिक सुरक्षाका लागि नियमित गतिविधि सञ्चालन गर्ने बताइएको छ।
कार्यक्रममा सहभागीहरूले राज्य सरकारबाट सामाजिक सुरक्षा कोषका लागि पहिले २ करोड रुपैयाँ विनियोजन भएपनि अहिले त्यो रकम ५ करोड पु¥याइएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा स्थानीय तहले सहयोग नगरे संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको कुराको जानकारी जिल्ला सदस्य सरिता देवी शर्मा सुतिहारले जानकारी गराए ।
कार्यक्रममा सहभागी महिला नेतृहरूले राज्यले दिएको बजेट सदुपयोग गर्दै एकल महिलाको हकहितमा स्पष्ट नीति र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव