emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको रुपनीमा गर्भवती महिलामाथि कुटपिट, गर्भमा रहेका शिशुमा असर

source e-Madhesh २०८२ असार १६ गते , सोमबार
0
Shares
20
Views
सप्तरीको रुपनीमा गर्भवती महिलामाथि कुटपिट, गर्भमा रहेका शिशुमा असर

भुपदेव माली,
राजविराज, १६ असार ।
 रुपनी गाउँपालिका–६, भट्टनियामा एक युवकद्वारा ४ महिनाको गर्भ बोकेकी २१ वर्षीया रानी कुमारी सरदारमाथि कुटपिट भएको छ। कुटपिटबाट गर्भमा रहेका शिशुलाई समेत चोट लागेकाले पीडितको अवस्था गम्भीर रहेको बताइएको छ।
पीडित रानी कुमारीलाई आइतबार बेलुकी ७ बजे सोही स्थानका २५ वर्षीय सुनिल कुमार सरदारले पेटमा लात र मुढ्कीले प्रहार गरेका थिए। प्रारम्भिक जानकारीअनुसार, रानीले आमालाई झगडाबाट ल्याउन खोज्दा सुनिलले एक्कासी कुटपिट गरेका हुन्।
रानी कुमारी सरदारलाई तत्काल उपचारका लागि राजविराजस्थित छिनमस्ता अस्पताल लगिएको थियो। चिकित्सकीय परीक्षणले गर्भमा रहेका शिशुलाई असर परेको पुष्टि गरेपछि उनलाई थप उपचारका लागि नमस्कार अस्पताल भर्ना गरिएको छ।
कुटपिटको क्रममा रानीकी आमा कुनिया देवी सरदार र सोही स्थानका मुनर सरदारकी पत्नी घुर्नी देवी सरदार र बुहारी ममता देवी सरदारबीच विवाद भई गालीगलौज भइरहेको समयमा उक्त घटना घटेको हो।
पीडित पक्षले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् भने घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा भइरहेको जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव