emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रुपन्देही ३ मा उपनिर्वाचन मिति तोकियो, मतदान २०८२ कात्तिक १७ मा हुने

source e-Madhesh २०८२ असार १६ गते , सोमबार
0
Shares
31
Views
रुपन्देही ३ मा उपनिर्वाचन मिति तोकियो, मतदान २०८२ कात्तिक १७ मा हुने

लिलाकान्त यादव,
काठमाडौँ, १६ असार ।
 प्रतिनिधि सभा सदस्य दिवंगत दिपक बोहराको निधनपछि रिक्त बनेको रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते (२०७९÷०७÷१७ सोमबार) उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको असार १६ गतेको बैठकले संविधानको धारा ८४(७) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ अनुसार उपनिर्वाचनको मिति तय गरेको हो। संविधान अनुसार प्रतिनिधि सभाको कार्यकालको ६ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा सदस्यको निधन भएमा सोही निर्वाचन प्रणालीबाट पद पूर्ति गर्नुपर्ने व्यवस्था छ।
स्व. बोहराको निधन २०८१ चैत १९ गते भएको थियो। संघीय संसद सचिवालयबाट प्राप्त जानकारीका आधारमा निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अगाडि बढाएको हो।
निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण मतदातालाई सहयोगका लागि अनुरोध गरेको छ।
यस उपनिर्वाचनले आगामी राजनीतिक समीकरण र दलहरूको प्रभाव परीक्षण गर्ने अवसरसमेत प्रदान गर्नेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव