emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

२०८२ को २२औं राष्ट्रिय धान दिवसको अवसरमा उपराष्ट्रपति यादव द्वारा शुभकामना सन्देश व्यक्त

source e-Madhesh २०८२ असार १५ गते , आइतबार
0
Shares
25
Views
२०८२ को २२औं राष्ट्रिय धान दिवसको अवसरमा उपराष्ट्रपति यादव द्वारा शुभकामना सन्देश व्यक्त

लिलाकान्त यादव,
काठमाडौँ, १५ असार ।
  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २२औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली कृषक दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मान प्रकट गर्दै सुस्वास्थ्य, समृद्धि र आत्मनिर्भर नेपालको कामना गर्नुभएको छ।
उहाँले धान दिवसलाई आत्मनिर्भर राष्ट्र निर्माणप्रतिको साझा संकल्पको प्रतीकका रूपमा उल्लेख गर्दै कृषकका सीप, श्रम र धैर्यले नेपाली कृषि प्रणालीलाई समृद्ध बनाउन प्रेरणा दिने दिन भनेका छन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले धानलाई खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधारस्तम्भ मानेका छन्। उहाँले जलवायु अनुकूल, उत्पादनमुखी र समावेशी प्रणाली अंगिकार गर्न स्थानीय जातको संरक्षण र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभएको छ।
कृषि नीतिहरूले कृषकको सामाजिक सुरक्षा, बीउ–सिंचाइ सुविधा, यान्त्रिकीकरण, बीमा, भण्डारण तथा बजार पहुँच विस्तारमा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले धान आयात घटाउन र चामलमा स्वदेशी उत्पादन बढाउन सशक्त नीति कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो।
शुभकामना सन्देशको अन्त्यमा उहाँले राष्ट्रिय धान दिवसलाई औपचारिकता मात्र नभई कृषि आत्मनिर्भरताको उज्यालो सम्भावनाको उत्सवका रूपमा लिनुपर्ने बताउँदै सबै नेपालीलाई कृषि समृद्ध राष्ट्र निर्माणमा जोडदार भूमिका खेल्न आह्वान गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव