emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कृषिमा परिवर्तन ल्याउन युवालाई आधारित बनाउनु पर्छ : डा. चन्द

source e-Madhesh २०८२ असार १३ गते , शुक्रबार
0
Shares
25
Views
कृषिमा परिवर्तन ल्याउन युवालाई आधारित बनाउनु पर्छ : डा. चन्द

ईमधेश न्यूज सम्वाददाता,
लहान, १३ असार ।
 कृषिविज्ञ डा. जितबहादुर चन्दले नेपालको कृषि क्षेत्रमा परिवर्तन ल्याउन युवालाई कृषिमा आधारित बनाउन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सिरहाको जिरोमाइलमा आयोजित कार्यक्रममा उनले युवालाई मेहनती र उद्यमशील बनाउँदै कृषि क्षेत्रमा ल्याउन सुझाव दिए।
उनका अनुसार, “देशको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान छ। सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ठूलो लगानी गरे पनि दक्ष र लगनशील जनशक्तिको अभाव छ।”
डा. चन्दले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ७७ वटै जिल्लामा काम गरिरहेको र परियोजनाले धान, मकै, आलु, तरकारी तथा फलफूल (जस्तै आँप, स्याउ, सुन्तला) मा सुधार ल्याउन योगदान दिइरहेको बताए।
कार्यक्रममा परियोजनाका सिरहा प्रमुख प्रदीप ठाकुरले सप्तरी र सिरहामा सातवटा आँप जोन स्थापना गरिएको जानकारी दिए। सप्तरीमा ८,२८७ हेक्टर र सिरहामा ८,०२९ हेक्टरमा आँप खेती भइरहेको छ।
ठाकुरका अनुसार, हर्मोन प्रयोगले आँपको उत्पादन त हुने भए पनि रुखको आयु घट्ने र दीर्घकालीन दृष्टिकोणले हानिकारक हुने बताए। उनले किसानलाई आफ्नै उत्पादनको गुणस्तर सुधार गर्दै बजार व्यवस्थापनमा लाग्न सुझाव दिए।
कार्यक्रममा कृषि क्षेत्र सुधारका लागि युवा सहभागिता, दक्षता अभिवृद्धि र स्वदेशी प्रणालीमा जोड दिनुपर्नेमा सबैले जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव