emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पत्रकार बैजनाथ यादव सप्तरी प्रहरीको नियन्त्रणमा

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
49
Views
पत्रकार बैजनाथ यादव सप्तरी प्रहरीको नियन्त्रणमा

ईमधेस न्युज संवाददाता  
माघ ०९ गते, सप्तरी।
सप्तरीका चर्चित पत्रकार एवं नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ।

यादवलाई सप्तरी प्रहरीले बुधबार विहानै पक्राउ गरी नियन्त्रणमा लिएको हो। यादवले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर विभिन्न षड्यन्त्रमा पारेर पक्राउ गरिएको जनाएका छन्।
पक्राउ भए लगतै उनले  फेसवुकमा लेखेका छन्–‘ जनमत पार्टी अध्यक्ष सिके राउत र मुख्यमन्त्री सतिश सिंह ज्युलाई बधाई तथा धन्यवाद। मलाई सप्तरी प्रहरीले नियन्त्रण लियो।’ अर्थात् जनमतका अध्यक्ष डाक्टर सीके राउतले पूर्वाग्रही नियतले पक्राउ गर्न लगाएको संकेत गरेको छ।

पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नि सोनी सिन्धु रानीको सम्वन्ध विच्छेदको प्रकरणमा सोनीलाई सहयोग गर्दै आएका थिए। सोनीले यो कुरा फेसवुक मार्फत सार्वजनिक गरेकी थिईन। सोही प्रकरणमा षडयन्त्र पूर्वक  आफुलाई पक्राउ गरिएको यादवको आरोप छ।
तिलाठी कोइलाडी गाउँपालिका भवनगामाको 'पैसा दोबर गरिदिने भन्दै पैसा ठगी गर्ने हनुमानी भन्ने रामबहादुर रजकको मुद्दा' प्रकरणमा पत्रकार यादव पनि संलग्न रहेको  पिडितहरुले प्रहरी एवं विभिन्न मिडियाहरूमा उजुरी गर्दै आएको र एक साताअघि जनमत पार्टीका प्रदेश सांसदले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउनु पर्ने अभिब्यक्ति दिएका थिए। त्यस लगत्तै यादव पक्राउ परेका हुन।
पत्रकार यादवको घर पनि भवनगाउँमा कट्टीमै भएको र उक्त गिरोह सँग साठघाट रहेको कुरा विभिन्न मिडियाहरूमा पनि खुलासा भएको थियो।
सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले यादव विरुद्ध ठगी गर्नेलाई सम्वन्धी जाहेरी परेकाले अनुसंन्धानका लागि नियन्त्रणमा लिएको वताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव