ई-मधेश न्युज
गृहमन्त्री लेखीः सञ्चार क्षेत्र मर्यादित र उत्तरदायी बन्नुपर्छ
आर.एन.मेहता,
जनकपुरधाम, ११ असार ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्र अनुशासित, मर्यादित र नागरिक उत्तरदायी बन्नुपर्ने बताएका छन्।
जनकपुरधाममा सुरु भएको तीन दिने अनलाइन सम्पादक अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री लेखीले सञ्चार क्षेत्रले नैतिकता र उत्तरदायित्वको पालन गरे मात्र नागरिकमा विश्वास पैदा हुने बताए।
उनले प्रदेश सरकार अझै अधिकारविहीन रहेको गुनासो गर्दै भने, “संघीयता अधिकारसहितको व्यवस्था हो तर स्रोत, साधन र प्रहरी प्रशासन बिना कसरी सरकार चलाउने?”
कार्यक्रममा ‘मधेश सहिद प्रतिष्ठान ऐन’ छिट्टै संसदमा लैजाने तयारी भइरहेको जानकारी पनि गराए।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडका, प्रशासकीय अधिकृत प्रसन्न कर्ण, मिडिया काउन्सिल सदस्य सुरेश यादव, चलचित्र बोर्ड अध्यक्ष किशोर लेखी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा लगायतले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रम मिथिला विहारी नगरपालिका–२ स्थित कल्चर भिलेज रिसोर्टमा सञ्चालित छ।