emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सेवाग्राहीका लागि मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

source e-Madhesh २०८२ असार १० गते , मंगलबार
0
Shares
112
Views
सेवाग्राहीका लागि मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

लिलाकान्त यादव,
राजविराज, १० असार ।
 नेपाल टेलिकम शाखा कार्यालय कञ्चनपुर, सप्तरीले ईलाका प्रशासन कार्यालय कञ्चनपुरमा आउने सेवाग्राहीहरूका लागि आकस्मिक मोबाइल चार्जिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ।
एक सानो कार्यक्रमकाबीच टेलिकम कार्यालयका प्रतिनिधिले चार्जिङ स्टेशन इलाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरेका हुन्। कार्यालयमा दैनिक रूपमा आउने सेवाग्राहीमध्ये धेरैजसोको मोबाइल चार्जसम्बन्धी समस्या हुने गरेको जनाउँदै, टेलिकमले यो जनमैत्री सुविधा प्रदान गरेको हो।
ईलाका प्रशासन कार्यालयका प्रमुखले नेपाल टेलिकमप्रति धन्यवाद ज्ञापन गर्दै भने, “छरितो सेवा प्रवाहका लागि यो चार्जिङ सुविधा निकै उपयोगी हुनेछ। यस्ता सानातिना सहयोगले पनि सेवा गुणस्तरमा फरक पार्छ।”
नेपाल टेलिकमका प्रतिनिधिले आगामी दिनमा समेत सामुदायिक उत्तरदायित्वअन्तर्गत यस्ता सहकार्य जारी रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा दुबै निकायका कर्मचारी, सेवाग्राही तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव