emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

source e-Madhesh २०८२ असार ९ गते , सोमबार
0
Shares
36
Views
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

लिलाकान्त यादव,
काठमाडौं, ०९ असार ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्प्सनबीच सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटमा शुभकामना आदानप्रदानसँगै नेपाल–अमेरिका सम्बन्ध, द्विपक्षीय सहकार्य, कूटनीतिक साझेदारी, र भविष्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो।
उपराष्ट्रपति यादवले सन् १९४७ मा स्थापना भएको नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध सुमधुर, परस्पर सम्मानमा आधारित र साझा मूल्य–मान्यताद्वारा निर्देशित रहेको बताए। “लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा आधार हुन्,” उपराष्ट्रपतिले भने।
उहाँले सन् १९५१ देखि नेपाललाई अमेरिकाबाट प्राप्त विकास सहायता र यूएसएआईडीमार्फत भइरहेका कार्यक्रमहरूप्रति कृतज्ञता व्यक्त गर्दै ती प्रयासले नेपालको आर्थिक–सामाजिक विकास र लोकतन्त्र सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको बताए।
नेपाल सरकारले सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरेका महावाणिज्य दूतावासहरूले नेपाली डायस्पोरालाई सेवा पु¥याउने विश्वास व्यक्त गर्दै, व्यापार, प्रविधि र लगानीमा सहकार्य विस्तारमा नेपाल प्रतिबद्ध रहेको उपराष्ट्रपतिले बताए।
नेपालको सन् २०२६ मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति हुने तयारी सन्दर्भमा, उपराष्ट्रपतिले अमेरिकाजस्ता साझेदारको दीर्घकालीन सहयोग आवश्यक रहेको धारणा राखे।
राजदूत थम्प्सनले एमसिसी र यूएसएआईडीलगायत कार्यक्रमहरू सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी गराउँदै, अमेरिकास्थित नेपाली समुदायको सक्रिय भूमिकाको पनि प्रशंसा गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव