emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहको कोशी बाँधमा बिहानको दुर्घटनाः एकको मृत्यु, दुई अस्पतालमा

source e-Madhesh २०८२ असार ८ गते , आइतबार
0
Shares
40
Views
भारदहको कोशी बाँधमा बिहानको दुर्घटनाः एकको मृत्यु, दुई अस्पतालमा

लिलाकान्त यादव,
राजविराज, ०८ असार ।
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी बाँध नजिकै आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहान ५ः२० बजे, कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तर कोसी बाँधमा दुई मोटरसाइकल आपसमा ठोकिँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा कञ्चनरुप नगरपालिका–१, बैरवाका २५ वर्षीय सुभाष कुमार महतो को स्प्लेंडर मोटरसाइकल (को १० प ५००६२) र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल (बा ५५ पो ६६३९) एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ।
घटनामा दोस्रो मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सुभाष महतो गम्भीर घाइते भएका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
त्यसैगरी, घटनामा संलग्न तेस्रो व्यक्ति पनि सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई प्राथमिक उपचारपछि विराटनगरतर्फ रेफर गरिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको छ।
दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखिएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीयहरूका अनुसार उक्त सडकखण्ड बिहान–बेलुका दृश्य कम देखिने स्थान हो र गति नियन्त्रणमा नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप विवरण संकलन गरिरहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव