emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आज योग दिवसः शारीरिक तन्दुरुस्तीदेखि विश्वशान्तिसम्मको यात्रा

source e-Madhesh २०८२ असार ७ गते , शनिबार
0
Shares
39
Views
आज योग दिवसः शारीरिक तन्दुरुस्तीदेखि विश्वशान्तिसम्मको यात्रा

“योगश्चित्तवृत्तिनिरोधः” — चित्तका वृत्तिहरूको नियन्त्रण नै योग हो। योग केवल आसन र शारीरिक व्यायाम होइन, यो शरीर, मन र चेतनाबीचको समन्वय हो। विश्व योग दिवस २०२५ को नाराले “थ्यनब ायच इलभ भ्बचतज, इलभ ज्भबतिज” भनिएजस्तै, योगले व्यक्ति र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ।
हजारौँ वर्ष पुरानो पतञ्जलिको योगसूत्र देखि भगवान् शिव, बुद्ध, महावीर र श्रीकृष्णसम्मका परम्परामा आधारित योग अभ्यास आज विश्वभर फैलिएको छ। २०१६ मा यूनेस्कोले यसलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिएको छ भने संयुक्त राष्ट्र संघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषित गरेको छ — जुन प्रस्ताव नेपालसहित १७७ देशले समर्थन गरेका थिए।
नेपालमा पनि योगको ऐतिहासिक र चिकित्सकीय महत्व छ। आयुर्वेदसँग जोडिएको योग अभ्यास विसं २०४८ मा काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालबाट सुरु भयो। अहिले योग र प्राकृतिक चिकित्साको औपचारिक शिक्षा नेपाल संस्कृत विश्वविद्यालयमार्फत प्रदान गरिँदै आएको छ।
आजका युवाहरू तनाव, प्रतिस्पर्धा र जीवनशैलीजन्य रोगसँग जुधिरहेका छन्। योग त्यसको सशक्त उत्तर हुनसक्छ। ध्यान, श्वास नियन्त्रण र आन्तरिक अनुशासनमार्फत योगले आत्मशुद्धि र आत्मविश्वास बढाउँछ।
हिमवत्खण्डको तपोभूमि नेपाल योगको उद्गमस्थल मानिन्छ। त्यसैले अब समय आएको छ — हामीले योगलाई केवल आसन वा अनुकरणको रूपमा होइन, जीवनशैलीको रूपमा अंगालौं। व्यक्तिगत स्वास्थ्य र समष्टिगत शान्तिका लागि योग अभ्यासलाई दैनन्दिन अभ्यास बनाउनु आजको आवश्यकता हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव