emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

योग अभ्यासले समृद्ध जीवनतर्फ डोर्याउँछ: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ असार ६ गते , शुक्रबार
0
Shares
49
Views
योग अभ्यासले समृद्ध जीवनतर्फ डोर्याउँछ: उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौं, ०६ असार ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुस्वास्थ्य, दीर्घायू, सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन्।
प्रत्येक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जारी सन्देशमा उपराष्ट्रपतिले योगलाई शारीरिक अभ्यास मात्र नभई जीवनपद्धति भन्दै यसले आत्मा, शरीर र मनबीच सन्तुलन कायम गरी जीवनलाई अनुशासित र समृद्ध बनाउने बताए।
उहाँले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान र नैतिक अनुशासनमा आधारित योग प्रणालीले भावनात्मक र मानसिक दृष्टिले व्यक्तिलाई सुदृढ बनाउन सहयोग पु¥याउने उल्लेख गर्नुभयो।
“बढ्दो तनाव, निस्क्रिय जीवनशैली र दीर्घ रोगहरूका लागि योग प्रभावकारी उपायका रूपमा स्थापित भइसकेको छ,“ उपराष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभयो, “हृदयघात, मधुमेहजस्ता रोगहरू रोकथाम र नियन्त्रणमा योग वैज्ञानिक रूपमा प्रमाणित उपाय हो।“
उहाँले योगलाई सबै नागरिकले आफ्नो दैनन्दिन जीवनशैलीमा समावेश गर्दै स्वस्थ, सन्तुलित र सकारात्मक सोच भएको जीवन यापन गर्नुपर्नेमा जोड दिनुभयो।
योग दिवसले शारीरिक स्वास्थ्य मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको सम्मान र प्रचार–प्रसार गर्ने अवसरसमेत दिएको उपराष्ट्रपति यादवको भनाइ छ।
सन्देशको अन्त्यमा उनले योगले जात, धर्म, संस्कृति वा सिमानाभन्दा माथि उठी समस्त मानव समाजलाई एकता र शान्तिको सूत्रमा बाँध्ने सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव