emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर कंकालिनीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ असार ५ गते , बिहीबार
0
Shares
38
Views
हनुमाननगर कंकालिनीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न

भूपदेव माली,
राजविराज, ०५ असार ।
 “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ हनुमाननगर कंकालिनी नगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न भएको छ।
पूर्ण खोप निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरि १६ देखि १९ महिनासम्मका सबै बालबालिकाहरूले १५ महिनाको उमेरभित्र सबै खोप प्राप्त गरिसकेको नगरपालिकाले जनाएको छ। यही उपलब्धिलाई दिगो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता नगरप्रमुख एवं खोप समन्वय समितिका अध्यक्ष बीरेन्द्र माझीले गरे। प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह थिए भने उपमेयर सरिता देवी यादव सिपलिया विशिष्ट अतिथि थिइन्।
कार्यक्रममा नगर स्वास्थ्य शाखा अधिकृत बीरेन्द्र यादव, स्वास्थ्यकर्मी रामदेव यादव, प्रमोद माझी, राजेश्वर राय, ध्ज्इ की प्रतिनिधि सरला न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झा, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा उमेर ६० वर्ष नाघेका ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई, जसमा तिलेसरी देवी चमार पनि थिइन्, अवकाश दिइयो। उनीहरूलाई नगरपालिकाबाट जनही रु २५ हजारको चेक प्रदान गरिएको थियो। त्यसैगरी वडा नं. १ देखि १४ सम्मका स्वास्थ्य प्रमुख र खोपकर्मीहरूलाई प्रमाणपत्रसहित सम्मान गरियो।
कार्यक्रमको सञ्चालन पत्रकार कमल मण्डलले गरे भने स्वागत मन्तव्य बीरेन्द्र यादवले प्रस्तुत गरे।
उपमेयर सिपलियाले कार्यक्रमको क्रममा भनिन्, “स्वास्थ्य सेवाको क्षेत्रमा हाम्रो नगर पहिले प्रदेशकै अग्रस्थानमा थियो, तर हाल केही कमजोरीका कारण दोस्रो स्थानमा झरेको छ।”
नगर प्रमुख माझीले भने, “प्रदेशस्तरमा पुनः पहिलो स्थानमा पुग्न स्वास्थ्यकर्मीहरूको भूमिका थप प्रभावकारी हुनुपर्छ। नगरपालिका प्रत्येक स्वयंसेविकालाई टर्चलाइट, शिविर सञ्चालनका लागि त्रिपाल र आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता लिएको छ।” उनले हाल बजेट कटौतीका कारण धेरै काममा चुनौती भइरहेको पनि बताए।
कार्यक्रममा स्वास्थ्यकर्मी उपेन्द्र यादव, उपेन्द्र साह, प्रमुख देवकान्त झा, वडाध्यक्ष साकिर खाँ लगायतले मन्तव्य दिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव