emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गिट्टी बालुवा हटाइ क्षति पु¥याएको भन्दै वडाध्यक्षविरुद्ध आशिष खड्गाको गुनासो

source e-Madhesh २०८२ असार ४ गते , बुधबार
0
Shares
25
Views
गिट्टी बालुवा हटाइ क्षति पु¥याएको भन्दै वडाध्यक्षविरुद्ध आशिष खड्गाको गुनासो

भुपदेव माली,
राजविराज, ०४ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का आशिष खड्गाले आफ्नो अनुपस्थितिमा वडा अध्यक्ष सुरेन्द्र मण्डलले गिट्टी बालुवा जेसीपी प्रयोग गरी नालीमा फालेर हजारौंको क्षति पु¥याएको गुनासो गरेका छन्।

खड्गाले निर्माणाधीन घरको लागि सडक छेउमा राखिएको निर्माण सामग्री नफाल्न पटक–पटक अनुरोध गरे पनि वडाध्यक्षको निर्देशनमा जेसीपीद्वारा जबरजस्ती हटाइएको आरोप लगाए। “सडकमा अरूले पनि सामग्री राखेका छन्, कसैको नहटाई मेरो मात्र हटाइएको छ, वडाध्यक्षको हाम्रो परिवारप्रति नियत नै खराब छ,“ खड्गाले भने।
यही विषयमा आशिषकी आमा सञ्जु देवी खड्गाले पनि इलाका प्रहरी कार्यालय भारदहमा उजुरी दिएकी छन्। “मेरो छोरा र म घरमा नहुँदा सूचना नदिई जबरजस्ती सामग्री हटाइयो, हामी न्यायालयसम्म जानेछौं,“ उनले बताइन्।
उता, वडाध्यक्ष सुरेन्द्र मण्डलले भने सात दिने सूचना टाँस गरिएको र १४ दिनसम्म पनि अटेर भएपछि मात्रै जेसीपी प्रयोग गरी बाटो खाली गरिएको प्रतिक्रिया दिएका छन्। “यो बाटो खाली गराउने अभियान हो, कसैलाई लक्षित गरिएको होइन,“ मण्डलले भने।
स्थानीय भरभलादमी, इलाका प्रहरी प्रमुख प्रनानी गोविन्द घिसिङ र पत्रकारको उपस्थितिमा खड्गा परिवारले गुनासो राखेका थिए। घटनाको थप छानबिन भइरहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव